चुनावको तयारीबारे जानकारी लिन प्रधानमन्त्री ओली निर्वाचन आयोगमा (अपडेट)

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली चुनावको तयारीबारे जानकारी लिन निर्वाचन आयोगमा पुगेका छन्। बैशाख १७ गते चार प्रदेशका ४०– जिल्ला प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा र बाँकी तीन प्रदेशका ३७ जिल्लामा बैशाख २७ गते चुनाव गर्ने निर्णय गरेलगत्तै ओली आयोग पुगेका हुन्।

प्रधानमन्त्री ओलीले आयोगलाई सरकारको निर्णयबारे जानकारी दिने र आयोगको हालसम्मको तयारीबारे जानकारी लिने छन्।

प्रधानमन्त्री ओली चुनाव घोषणापछि पहिलोपल्ट छलफलका लागि आयोग पुगेका हुन्। नेकपाको आधिकारिकता र चुनाव चिन्हबारे पनि विवाद जारी छ। आयोगले माघ ११ गते नेकपा फुट्न नसक्ने भन्दै दुई अध्यक्षको हस्ताक्षरसहितको निर्णयलाई मात्र आधिकारिक मान्ने निर्णय गरिसकेको छ। यसबारे प्रचण्ड समूहले असन्तुष्टि जनाएको छ।

प्रधानमान्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका थिए।



संविधानको व्याख्या सर्वोच्च अदालतले गर्छ, संविधानसभा अध्यक्षले गर्ने होइन : सुवासचन्द्र नेम्वाङ

संसद् पुनर्स्थापना नहुनासाथै प्रचण्डसहित सबै नेताहरु ओलीले सही गरेको टिकट बोकेर चुनाव लड्न जानुपर्छ: विष्णु रिमाल



बिएल बिहानी अपडेट

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगमा पार्टी विवादलाई लिएर छलफलका लागि जाँदैछन्। आयोगले नेकपा विवाद र निर्वाचनको तयारीको विपषयमा छलफलको लागि गत माघ १६ गते नेकपाका दुबै पक्षलाई बोलाएको थियो। 

प्रचण्ड–माधव पक्षले यसअघि आयोगको कान्तिपथस्थित कार्यालय पुगेर आधिकारिकता दाबी गरेको थियो। प्रधानमन्त्री ओली पहिलो पल्ट आयोगमा छलफलका लागि जान लागेका हुन्। प्रधानमन्त्री बिहान ११ बजे आयोगको कार्यालय जाने सचिवालय स्रोतले बताएको छ। 

नेकपा आन्तरिक विवादपछि दुई खेममा बाँडिएको छ। जसको एउटा खेमाको प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेका छन् भने अर्काे पक्षको नेतृत्व प्रचण्डले गरेका छन्।

नेकपाका दुवै पक्षका नेताहरुले आफ्नो पक्ष मूल पार्टी भएको दाबी गरेका छन्। तर निर्वाचन आयोगले दुवै पक्षको दाबी नपुगेको बताउँदै आएको छ। यसअघि प्रचण्ड पक्षले प्रधानमन्त्री ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको दाबी गरे पनि आयोगले त्यसलाई खारेज गरिसकेको छ।  

आज प्रधानमन्त्री ओलीले आयोग कार्यालय पुगेर आफू नै आधिकारिक नेकपा भएको दाबी गर्नेछन्। आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ। 

प्रधानमान्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2021-02-09 09:13:00

प्रतिकृया दिनुहोस्