संसद् विघटनविरुद्ध संयुक्त आन्दोलन : कांग्रेस ढुलमुल, जसपामा बाबुराम मात्रै!

थाहा खबर

काठमाडाै‌ं

काठमाडौं : प्रतिनिधि सभा विघटनपछि नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजन भएको छ। विभाजित नेकपाको एउटा समूह संसद विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरोध गर्दै सडक संघर्षमा छ। 

तर नेकपाको दुई पक्षको आधिकारिता अहिले निर्वाचन आयोगमा पुगेर रोकिएको छ।  

विभाजित दुवै पक्षले आफ्नो पक्ष नै आधिकारिता भएको दाबी गर्न भने छाडेका छैनन्। पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निर्वाचनको तयारीमा जुटिरहेको छ। निर्वाचनको प्रचार गर्दै बालुवाटारबाट सिंहदरबारसम्म नपुग्ने प्रधानमन्त्री ओली पक्ष देश दौडाहामा लागेको छ। 

विभाजित अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष संसद् पुनःस्थापना मागसहित आन्दोलनमा उत्रिँदा अन्य प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दलको उपस्थिति भने छायामा परेको छ। 

प्रचण्ड–माधव पक्षले संसद् विघटन र संवैधानिक नियुक्तिको विरोधमा चरणबद्ध सडक आन्दोलन गरिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेस भने अझै 'अलमल'मै छ। गत बिहीबार प्रधानमन्त्रीको कदमविरुद्ध देशभर आमहड्ताल गरेको प्रचण्ड–माधव पक्षले फेरि पनि माघ २८ गते काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै कार्यकर्ता उतार्ने बताएको छ।  

प्रकाशित मिति: : 2021-02-08 20:47:00

प्रतिकृया दिनुहोस्