मेसी मैदानमा फर्किएपछि बेटिसमाथि बार्सिलोनाको तीन गोल

बिएल संवाददाता

रियाल बेटिस
Getty Image
Getty Image

लिओनल मेसीले अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेको तीन मिनेट नबित्दै गोल गरेपछि घरेलु रियाल बेटिसलाई पराजित गर्दै बार्सिलोना स्पेनिस लिगको दोस्रो स्थानमा उक्लिएको छ। 

दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले ५९ मिनेटमा गोल गरेका थिए। घरेलु टोलीले पहिलो हाफको ३८ मिनेटमा अग्रता बनाएको थियो, जब बोर्जा इगालेसिसले गोल पोस्ट नजिकैबाट गोल गरे। 

पहिलो हाफमा पछाडि परेपछि बार्सिलोनाले ५७ मिनेटमा मेसीलाई निकालेको थियो। मेसीको गोलपछि बराबरीमा पुगेको खेलमा भिक्टर रुइजले ६८ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली पछाडि पर्न पुगेको थियो। ७५ मिनेटमा रुइजले नै गोल गर्दै खेललाई पुन बराबरीमा ल्याएका थिए। तर, अन्तमा ८७ मिनेटमा ट्रिन्काओले कर्ली गोल गर्दै भ्रमणकारी टोलीलाई २–३ गोलको जित दिलाए। 

जितसँगै २१ खेलमा ४३ अंकका साथ बार्सिलोना दोस्रो स्थानमा पुगेको हो। यति नै खेल खेलेको रियल म्याड्रिडको पनि समान ४३ अंक छ। तर, गोल बढी गरेको आधारमा बार्सिलोना माथि पुगेको हो। यी दुबै भेट्रान क्लबभन्दा ७ अंकले अगाडी रहँदै एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा छ। उसले दुई खेल कम खेलेको छ भने ५० अंकले माथि छ।

प्रकाशित मिति: : 2021-02-08 07:20:00

प्रतिकृया दिनुहोस्