अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बईको क्राइम ब्रान्चको प्रोपर्टी सेलले पक्राउ गरेको छ। उनीमाथि पोर्न भिडियो बनाएर आफ्नो वेभसाइडमा अपलोड गरेको आरोप छ।
आइतबार उनलाई मुम्बईको एउटा अदालतमा लगिएको थियो। प्रहरीले कार्यवाही यस कारण गरेको थियो, जब तीन जना महिला उजुरी लिएर चौकी पुगेका थिए। उनीहरू माथि पोर्न फिल्ममा काम गर्न दबाब बनाएको बताइएको छ।
भारतीय समाचार एजेन्सीहरूले मुम्बई प्रहरीको एउटा सिनियर अधिकारीको भनाई भनेर उनले ८७ वटा पोर्न भिडियो बनाएको बताएका छन्। यी भिडियो उनले आफ्नो वेभ साइटमा अपलोड गरेको तर यसलाई हेर्न ‘पेड सब्सक्रिप्सन’ को आवश्यकता रहेको बताइएको छ। यसका लागि २ हजार रुपैयाँ शुल्क पनि निर्धारण गरिएको थियो।
३२ वर्षीय गहनाको वास्तविक नाम बन्दना तिवारी हो। उनले मध्य प्रदेशको भोपालबाट रोबोटिक साइन्समा इन्जिनियरिङको पढाई पुरा गरेकी थिइन। उनले स्टार प्लसको ‘बहने’ शृंखलामा मुख्य भूमिकामा देखा परेकी थिइन।
२०१२ मा उनले मिस एसियाको बिकनी स्पर्धाको उपाधि जितेकी थिइन। उनले ६ वर्षको अवधिमा दक्षिण भारतको ३० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन्। गहनाले पछिल्लो समय बालाजीको शृंखला ‘गन्दी बात’ र उल्लु ऐपको सोमा देखिएकी थिइन।
गहना भारतीय झण्डा ओढेर फोटोसुट गरेपछि विवादमा परेकी थिइन। उनले मेरी कोमले ओलम्पिकमा मेडल जिते न्युड फोटो खिच्ने भनेर विवाद निम्त्याएकी थिइन।