उहानको समुद्री खाना राखिएको बजारबाट कोभिड–१९ फैलिएको डब्लुएचओको अनुमान

WHO
WHO

उहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को संक्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको उनीहरुले जनाएका छन्।

कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यहाँको सामुद्रिक खाना तथा तरकारीहरु बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले उल्लेख गरेका छन्। 
 
सर्वप्रथम चीनको उहानमा यो संक्रमण फैलिएको देखिएको हो। त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन । तर हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए। त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरुको बजारबाट विस्तार भएको पाइएको बताएका छन्।

तर पनि यो संक्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन्। उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन्।

विश्व स्वास्थ्य संगठनको टिमले उहान सहरमा रहेको उहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए । उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए।

रासस/सिन्ह्वा

प्रकाशित मिति: : 2021-02-07 14:56:00

प्रतिकृया दिनुहोस्