बिशाल बिहानी
वर्षन्छु होला त्यो आँखबाट पानी बनेर
बिचैमा रोकिएको अपुरो कहानी बनेर
बिचलित हुन नदिनु आमा र ऊनीलाई,
जब म सकिन्छु धुवाँ सँगै खरानी बनेर
मुटुमा छिन एक सानी सानी खोजी रहन्छ
नदेखे खस्छ आँखाको पानी खोजी रहन्छ
यो दिलमा बसेको एक बिशेष मान्छेलाई,
दिनरात यी आँखाको नानी खोजी रहन्छ
हुँदैन रे कसैगरी पनि एक दिनरात मिल्दैन रे
एकनास हुँदैन धनी गरीब औकात मिल्दैन रे
केहि गरेपनि एक हुन दिँदैन प्रिया समाजले,
किनकि तिमी ठूलो म सानो जात मिल्दैन रे
तिम्रो लागि भनी म जिएको छु सम्हालेर राख
यो मन सँगै धड्कन दिएको छु सम्हालेर राख
प्रेम दिवसको उपहार केही दिन नसके पनि,
भएको एक मुटु सुम्पिएको छु सम्हालेर राख
कहिले बन्द त कहिलेञ् हडताल यस्तै यस्तै छ
कुर्सी मात्रैसुरक्षीतगर्ने नेताको जाल यस्तै यस्तै छ
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया