सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन विरुद्ध देशका धेरै राजनीतिक दलहरुद्धारा देशव्यापी रुपमा प्रदर्शन भइरहेको छ। नागरिक समाजका अगुवाहरुलेसमेत आज संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका छन्।
उक्त प्रदर्शनमा डा. गोविन्द केसी, पत्रकार नारायण वाग्लेलगायतका उपस्थिति रहेको थियो। उनीहरुले प्रतिनिधिसभा मार्न पाईँदैन, निरंकुश सरकार चाहिँदैन, जस्ता नाराहरु प्रस्तुत गरी प्रदर्शन गरेका थिए।