तस्विरमा नेकपा ओली समूहको नारायणहिटी सभाको पूर्वतयारी (भिडियो/फोटो फिचर)

शनि शाक्य

काठमाडौं

नेकपा ओली समूहले आज दिउँसो राजधानीको नारायणहिटी संग्रहालय अगाडी गरिने सभाको तयारी लगभग पूरा गरेको छ। राजधानीको शक्ति प्रदर्शन र लगतैको सभालाई मध्य नजर गरेर उपत्यकाको सुरक्षामा समेत कडाइ गरिएको छ। सभाको व्यवस्थापन स्वायम्सेवक र सुरक्षाका लागि सुरक्षा निकायहरु चहलपहल त्यस क्षेत्रमा बाक्लिएको छ।

 ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडी आमसभा गर्न लागिएको नेकपा ओली समूहका नेताहरुले बताएका छन्।

नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरीबाट नेता, कार्यकर्ता र समर्थक आउने बताए। 

सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ। जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन्।

प्रदर्शनमा सहभागी हुन नेकपा ओली समूहका कार्यकर्ताहरु बिहीबार रातिदेखि काठमाडौं भित्रिने क्रम जारी छ। काठमाडौं नजिकका जिल्लाबाट भने बिहानैदेखि नेकपा नेता तथा कार्यकर्ताहरु काठमाडौं आउन थालेका छन्।

तस्विरमा हेर्नुहोस् सभाको पूर्वतयारी...

प्रकाशित मिति: : 2021-02-05 10:34:00

प्रतिकृया दिनुहोस्