राजनीतिक शुद्धीकरणबिनै सम्भव हाेला त तेस्राे जनआन्दाेलन ?

शिलापत्र

काठमाडाै‌ं

शिशिर ढकाल

‘पहिले पनि प्रतिगमनविरुद्ध टुँडिखेलमा नागरिक आन्दोलनको घोषणा भएको थियो, म यसै मञ्चमार्फत आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिकसभा गर्ने हक हामीलाई छ । त्यही सभामा बृहत् नागरिक आन्दोलनको घोषणापत्र हामी सार्वजनिक गर्दछौँ र, नयाँ जनआन्दोलनको उभार निम्त्याउँछौँ,’ २० माघमा नागरिकसभामा अभियन्ता नारायण वाग्लेले भनेका थिए ।

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन सच्याउन तेस्रो जनआन्दोलन जरुरी रहेको र फागुनकाे पहिलो साताबाट त्यसको सुरुवात हुने घोषणा बिहीबार गरेका छन् ।

प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन तेस्रो जनआन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आमहडतालमा बोल्दै अध्यक्ष प्रचण्डले संवैधानिक आयोगमा गरिएको बलजफ्ती नियुक्ति नसच्चिए र प्रतिनिधिसभा पुनर्स्थापना नभए फागुन पहिलो साताबाट तेस्रो जनआन्दोलनको सुरुवात गरिने चेतावनी दिए । ‘केपी ‌ओलीको प्रतिगमन नसच्चिए फागुनको पहिलो साताबाट राजनीतिक दल, नागरिक समाज र पेशाकर्मीहरूले संयुक्त रूपमा तेस्रो जनआन्दोलनको सुरुवात गर्नेछन् । त्यो आन्दोलनबाट ओलीको आयु समाप्त हुन्छ,’ उनले भने ।

अर्का अध्यक्ष नेपालले पनि ओली नसच्चिए तेस्रो जनआन्दोलन हुने बताए । ‘ओलीलाई संघीयतासँग सरोकार छैन । समानुपातिक प्रतिनिधित्वमा गम्भीर छैनन् । संवैधानिक आयोगको नियुक्ति नै गलत छ । यस्ता गलत काम सच्याउन हामी आमहडताल गर्न बाध्य भयौँ । अब निरंकुश र तानाशाही प्रवृत्ति धेरै सहने पक्षमा हामी छैनौँ । आन्दोलनले तेस्रो जनआन्दोलनको झल्को दिएको छ । हामी निरंकुश र तानशाही बन्दै गएका ओलीलाई जनआन्दोलनमार्फत नै सडकमा ल्याउनेछौँ,’ उनले भने । 

राजनीतिक दल र नागरिक समाजको अगुवाइ गरिरहेकाले तेस्रो जनआन्दोलनको उभारको घोषणा गरे पनि दोस्रो जनआन्दोलनको नेतृत्व गरेका नागरिक अगुवा र राजनीतिक विश्लेषकहरू भने राजनीतिक शुद्धीकरण नभएसम्म आन्दोलनले नागरिक समर्थन प्राप्त गर्न नसक्ने बताएका छन् । 

प्रकाशित मिति: : 2021-02-05 07:28:00

प्रतिकृया दिनुहोस्