यसकारण ओलीले रोजे दरबारकै आँगन, बनाइँदैछ ‘टी’ आकारको सभास्थल

सागर न्यौपाने

काठमाडाै‌ं

दैनिक हजारौंको भीड भइरहने व्यापारिक क्षेत्र दरबारमार्गमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले बृहत सभा गर्ने भएको छ।

नेपालमा रहेका अन्तर्राष्ट्रिय ब्रान्डका शोरुमहरुको मुख्य केन्द्र मानिने यही ‘किंग्स वे’ मा विभिन्न जिल्लाबाट ल्याइएका हजारौं सहभागीलाई राखेर ओलीले भाषण गर्नेछन्।

पुस ५ गते हठात‍् प्रतिनिधि सभा विघटन गरेका ओलीले त्यसयता दैनिकजसो आयोजना गरिने सभा तथा कार्यक्रमहरुमा आफूले सो कदम चाल्नुका कारण व्याख्या गर्ने गरेका छन्।

तर शुक्रबारको सभामार्फत् उनले नयाँ घोषणा गर्ने प्रचार ओली पक्षले नै गर्दै आएको छ।

विभाजनपछि शक्ति प्रदर्शनमा नेकपाको अर्को पक्षसँग प्रतिस्पर्धामा रहेको ओली पक्षलाई ठूलो संख्यामा भीड जम्मा गर्नुपर्ने दबाब छ। त्यसैले सो प्रचार गरिएको हुनसक्ने धेरैको अनुमान छ। त्यसो त सरप्राइज दिन मनपराउने ओलीबारे कुनै अनुमान गर्न गाह्रो हुने पनि केहीको भनाइ छ।

प्रकाशित मिति: : 2021-02-05 06:50:00

प्रतिकृया दिनुहोस्