आमहड्तालका बाबजुद हरियो भएर बन्द भयो शेयरबजार

सत्तारुढ नेकपाको प्रचण्ड समूहको देशव्यापी आम हड्तालका बाबजुद शेयरबजार हरियो भएर बन्द भएको छ । नेप्से सूचक ८.३४ अंकले बढेर २४७५.२६ विन्दुमा पुगेको छ । बिहीवार सेन्सेटिभ इन्डेक्स १.६८ अंक बढेर ४५४.०२ विन्दुमा पुगेको छ।

साताको अन्तिम कारोबार दिन दोस्रोबजारका लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुतर्फ आकर्षित भएका छन्। यस दिन शेयरमूल्य सर्वाधिक बढ्ने १० कम्पनीहरुका सूचीमा ९ वटा लघुवित्त कम्पनीहरु परेका छन्। २०१ कम्पनीको ७२ हजार १७० पटकको कारोबारमा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ८७ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ८७ लाख १९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ मध्ये ६ वटा समूहको सूचक बढेको छ । ट्रेडिङ र माइक्रोफाइनान्स समूह सबैभन्दा बढी बढेका छन् ।

बिहीबार सूर्योदय लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, समिट लघुवित्त, महुली सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, सर्पोट लघुवित्त, कालिका लघुवित्त र ग्रामिण विकास लघुवित्तको शेयर सकारात्मक सर्कित लेभलमा कारोबार भएको हो। 

त्यसैगरी, सिनर्जी पावर, माउन्टेन हाइड्र र राधी विद्युत र पाँचथर पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा ६० कम्पनीको शेयरमूल्य भने घटेको छ जसमध्ये प्रभु लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ३.४६ प्रतिशत अर्थात ३२ रुपैयाँ घटेर ८९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.५१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्त उपसमूहको सूचक ३.५२ प्रतिशत, जलविद्युतको १.९२ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूहको १.३९ प्रतिशत बढेको छ।

प्रकाशित मिति: : 2021-02-04 16:26:00

प्रतिकृया दिनुहोस्