चोरीका सामान बरामद 

डिसी नेपाल

प्रहरीले वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरी भएका जङ्गली जनावरका विभिन्न अङ्ग बरामद गरेको छ। 

क्याम्पसको प्रयोगशालाबाट यही माघ ९ गते राति चोरी भएका चितुवाको छाला, दाँत, हाड, एक जोडी चिलतको सिङ र अन्य हाड अखेटोपहार प्रहरीले बरामद गरेको हो। 

अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१५ वनपाले जङ्गलको पँधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जङ्गली जनावरको अखेटोपहार बरामद गरेको हो। 

चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै सो बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: : 2021-02-04 10:01:00

प्रतिकृया दिनुहोस्