बाँकेमा यस्तो छ आमहड्तालको प्रभाव

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालका कारण मुलुकभरको जनजीवन कस्टकर बनेको छ। योसँगै बाँकेमा पनि बन्दको प्रभाव देखिएको छ।

बन्दकर्ताले नेपालगन्ज र कोहलपुर पूर्णरुपमा बन्द गर्न आव्हान गरेका छन्। यद्यपि, एम्बुलेन्स बाहेक अरू सबै सेवा बन्दछन्। 

मूख्य सडकमा आन्दोलनकारीले टायर बालेर विरोध गरेका छन्। नेपालगन्ज र कोहलपुरमा सुरक्षा निकाय तैनाथ भएको प्रहरीले बताएको छ।

हड्तालले बाँकेमा समेत सवारीसाधन फाटफुट चलेका छन्। लामो तथा छोटो दूरीका गाडी नचल्दा गन्तव्यसम्म पुग्न नसकेका यात्रीहरु अलपत्र परेका छन्। 

देशभर ८० भन्दा बढी बन्दकर्ता पक्राउ

बन्दका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ। 

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन्। 

प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ। बिहानै काठमाडौँको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताए। 

गृहमन्त्रालयले पूर्ववत्रुपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाइसकेको छ।  

पूर्व-पश्चिम राजमार्गमा फाटफुट सवारीसाधन

 बन्दको प्रभाव पूर्व-पश्चिम राजमार्गमा बढी परेको छ।

विश्व व्यापार संगठनसँग समेत जोडिएको पूर्वपश्चिम राजमार्गमा लामो तथा छोटो दुरीका गाडी चलेका छैनन्। बिहान छिटफुट रुपमा मालबाहक सवारीसाधन गुडेको देखिए थियो। गन्तव्यसम्म पुग्न ढिला भएकाले राजमार्गमा मालबाहक गाडी देखिएको हो। 

राजमार्ग छेउछाउका पसल खुला रहेको छ भने मोटरसाइकल र सानो दूरीको गाडी मात्र फाटफुट रुपमा चलेको देखिन्छ। पूर्वपश्चिम राजमार्गमा भने बन्दको प्रभाव बढी परेको छ। राजमार्ग सुनसान बनेको छ।

लामो तथा छोटो दूरीको गाडी नचल्दा गन्तव्यसम्म पुग्न नसकेका यात्रीहरु अलपत्र परेका छन्। 

अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधी, विद्यार्थीहरुको परिक्षा सञ्चालनलगायतका अत्यावश्यक कुराहरुमा अवरोध नगर्ने बताइएको छ।

प्रकाशित मिति: : 2021-02-04 09:40:00

प्रतिकृया दिनुहोस्