चाैबीसै घण्टा चलाउने भनिएकाे त्रिभुवन विमानस्थल १८ घण्टामा झार्ने तयारी, चार कम्पनीको असहमति

नेपाल खबर

काठमाडाैं

बजेटमा चौबीसै घण्टा सञ्चालन गर्ने भनिएको त्रिभुवन विमानस्थल फेरि १८ घण्टामा झार्ने तयारी भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक व्ययभार बढेको भन्दै १८ घण्टामात्र सञ्चालन गर्ने तयारी गरेको हो। 

२०७५ जेठमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल सञ्चालन १८ घण्टाबाट बढाएर २१ घण्टा पुर्याएका थिए।

मन्त्री अधिकारीले हवाइ चापलाई व्यवस्थित गर्न विमानस्थल सञ्चालनको समय दैनिक १८ घण्टाबाट २१ घण्टा पुर्याएको दाबी गरेका थिए। 

सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेटमा त्रिभुवन विमानस्थललाई चौबीसै घण्टा सञ्चालन गर्ने उल्लेख गरेको थियो। तर प्राधिकरणले हाल कोभिड १९ को कारण आर्थिक भार बढ्दै गएको भन्दै विमानस्थल सञ्चालन १८ घण्टामा झार्ने विषयमा छलफल गरिरहेको छ।

‘कोभिड १९को कारणले प्राधिकरणको राजस्व धेरै घटेको छ’, प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘अहिले उडानको चाप पनि कम भइरहेकाले २१ घण्टाबाट १८ मा झार्ने विषयमा छलफल भइरहेको हो।’

प्रकाशित मिति: : 2021-02-02 18:49:00

प्रतिकृया दिनुहोस्