रुज्वेल्टको पदचिन्ह पछ्याउँदै वाइडेन

अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले पदभार ग्रहण गरेको दुई साता मात्र बितेको छैन, उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय उल्टाएर पेरिस सम्झौंंता गरेका छन्। एच–१ बी भिसासमेत ट्रम्पको ४५ ठूला आदेश उल्टाइसकेका छन्। उनले तिब्रगतिमा काम गर्नुलाई पहिलेदेखिको होमवर्कको रूपमा चर्चा गरिएको छ। 

वाइडेनले जुन परिस्थितिमा देशको सत्ता आफ्नो हातमा लिएका छन्, यस्तो अवस्था ७–८ दशकयता अमेरिकाको कुनै राष्ट्रपतिले भोग्नु परेको छैन। यसैले उनले पदभार ग्रहण गर्नुअघि केही सातासम्म पूर्व राष्ट्रपति फ्रयाङ्लिन डि रुज्वेल्टसँग जोडिएको एउटा किताबको अध्ययन गरेका थिए। उनले रुज्वेल्टको जीवनी र सय दिनको कामका लागि रुज्वेल्टले बनाएको प्राथमिकताको गहिरो अध्ययन गरेका थिए। 

रुज्वेल्टकै पद् चिन्हमा हिँड्नुको कारण त्यतिबेलाको अवस्था र हालको अवस्था उस्तै हुनु हो। रुज्वेल्ट जस्तै वाइडेन पनि तिब्रगतिमा काम गर्न चाहन्छन्। यसैले उनी फेब्रुअरीमा संसदको पहिलो सत्र सुरु हुँदा १ दशमलव ९ लाख करोडको कोरोना प्याकेजलाई सबैभन्दा पहिले स्विकृति प्रदान गर्दैछन्। 

रुज्वेल्टको सय दिनको काम गर्ने तरिकाको विषयमा किताब लेखिसकेका मेसाच्युसेट्स एमहस्र्ट विश्वविधालयमा स्कुल अफ पब्लिक पोलेसीका निर्देशक अलसादेयर एस रोबर्ट्सले भने, ‘वाइडेनले सत्तासिन हुने वित्तिकै राम्रो निर्णय गरेका छन्।’

किन रुज्वेल्टलाई पछ्याइरहेका छन्?

रुज्वेल्टले १९३३ मा जतिबेला सत्ता सम्हालेका थिए, त्यतिबेला अमेरिका गहिरो मन्दीको सिकार भएको थियो। २० प्रतिशतभन्दा बढी मानिस बेरोजगार थिए। रुज्वेल्टले यस्ता थुप्रै कार्यक्रम लागु गरे, जसका कारण जनताले रोजागरी पाए। उनले आपतकालीन बैकिङ, सामाजिक सुरक्षा कानुन लागु गरेका थिए। उनको अथक प्रयासले नै अमेरिकाको अर्थव्यवस्था ट्रयाकमा आएको थियो।

प्रकाशित मिति: : 2021-02-02 08:16:00

प्रतिकृया दिनुहोस्