क्याप्टन मुर कोरोना भाइरस संक्रमणका कारण वेडफोर्ड अस्पताल भर्ना गरिएको विविसिले जनाएको छन।
१०० वर्षे दोश्रो विश्व युद्दका बेलायती सेनाका योद्धा (वार भेटेरन) ले गत साल कोरोना भाईरस विरुद्द लडिरहेका वेलायतको राष्ट्रिय स्वस्थ सेवालाई झण्डै रु ३ करोड ३० लाख पाउण्ड चन्दा संकलन गरेर विश्वलाई चकित तुल्याइदिएका थिए।
उनलाई श्वास प्रश्वासमा सहयोग चाहिएकोले वेडफोर्ड अस्पतालमा भर्ना गरिएको उनकि छोरी हन्नाह इङग्रम मूरले ट्विटरमा लेखेकि छिन। केहि हप्ता देखि उनलाई निउमिनियाको उपचार गरिरहेको र गत हप्ता कोविद-१९ संक्रमण भएको बताइन।
त्यसैगरी प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गरे : "मेरो मन क्याप्टेन टम मूर र उनको परिवारसित छन्। तपाईंले सम्पूर्ण राष्ट्रलाई प्रेरित गर्नुभयो, र हामी सबै तपाईको पूर्ण स्वास्थ्य लाभको चाहना गर्दैछौं।"
१००० पाउण्डको लक्ष लिएर सुरु गरेको उनको चन्दा संकलनको अभियान करोडौ पाउण्ड उठाउन सफल भए। उनको यो अभियानले गिनिज वर्ल्ड रिकर्ड वनाए, मनार्थ कर्णेल पदवि पाए थिए। उनलाइ जुलाईमा महारानि एलिजेवेथद्वारा नाइटहुड पदवी समेत प्रदान गरिएको थियो।
द्वितिय विश्व युद्धका वार वेटेरन कप्तान टम मूरले गत साल अप्रिल ३० मा आफ्नो १०० औं जन्मदिन मनाएका थिए, जसमा उनको जन्मोत्सवको समारोहमा विमान परेडले उनको सम्मान गरेको थियो।
मूरको बारेमा यस अघि बीएल नेपाली सेवाले विषेश रिपोट समेत तयार पारेको थियो। मूरको स्वास्थ्य लाभको कामना गर्दछौं