कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

परिक्षामा सहभागी कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये ४ लाख २१ हजार ७ सय ८० जना विद्यार्थी उत्तिर्ण भएका छन्। जसमध्ये ११ हजार ४ सय ९० जनाको परिक्षा स्थगित भएको छ। भने १ जनाको परिक्षा रद्द भएको छ।

 

कोरोना महामारीको कारण गत वैशाखमा हुन नसकेको परीक्षा मंसिर ९ गतेबाट सुरु भएको थियो।

यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो। बाँकी ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा भएको हो। यसवर्ष परीक्षामा देशभरका चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए। 

नतिजा यसरी हेर्नुहोस

‘एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ। त्यस्तै माेबाइलकाे एमएस बक्समा गएर NEBsymbol No.टाइप गरी १६०० मा एमएस गरेर पनि हेर्न सकिने छ। त्यस्तै परिक्षा बोर्ड वेब साइट www.enb.gov.npर नेपाल टेलिकमको वेब साइटwww.neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिने छ। 

प्रकाशित मिति: : 2021-02-01 11:06:00

प्रतिकृया दिनुहोस्

    Mero results hernu paryo

    • 3 बर्ष अगाडि
    • Bipin Thakuri