'२३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्न सक्छन्'- सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्माले देशमा हिन्दु राष्ट्र घोषणा गर्न सक्ने बताएका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्व काठमाडौंको माइतीघरमा आयोजित धर्ना कार्यक्रममा नेता पाण्डेले प्रधानमन्त्री ओलीको सभामा हिन्दुवादी  राजावादीहरु समेत सहभागी हुने दाबी गरे। उनले भने, 'यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ।'

प्रधानमन्त्री ओलीले धर्मको कुरा गरेर नेपाली जनतालाई झुक्याउने काममा लागेको नेता पाण्डेले आरोप लगाएका छन्।

ओली समूहले आगामी २३ गते नारायणहिटी दरबारको अगाडी जनसभा गर्ने भएको छ। 
 

प्रकाशित मिति: : 2021-01-31 14:49:00

प्रतिकृया दिनुहोस्