चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ब्रि आर्थिक संकलनको लागि ‘स्टार क्रिकेट २०२१’ ‘टुर्नामेन्ट’ आयोजना हुने भएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच माघ २४ गते ‘‘स्टार क्रिकेट २०२१’ ‘टुर्नामेन्ट’ आयोजना हुने जनाइएको छ।
‘टुर्नामेन्टमा’ करिब ४० जना ‘सेलिब्रेटी’हरु धुर्मुुुस र सुन्तली गरी २ समूहमा बाँडिएर खेल्ने छन्। ‘टुर्नामेन्ट’मा प्रमोद खरेल, दयाहाङ राई, सन्दीप क्षेत्री, श्रृंखला खतिवाडा, बेनिशा हमाल, प्रसान्त तामाङ, पारस खड्का, ज्ञानेन्द्र मल्ल लगायत ‘सेलिब्रेटी’क्रिकेट खेल्ने छन्।
जसबाट संकलन भएको रकम रंगाशाला निर्माणको लागि खर्च गरिने आयोजक संस्था गृष्म ब्रोडकास्टिङ मिडियाका अध्यक्ष गृहेन्द्र घिमिरेले कार्यक्रम मार्फत जानाकारी दिए।