वार्षिक उत्सव

कुसुम गौतम

म्यान्मार

आज निरज र कल्पनाको विवाहको पहिलो वर्षगाँठ हो। दुवै धनी मातापिताका छोराछोरी, सुनमा सुगन्ध भनेझैँ सुहाउने जोडी छ उनीहरुको। भन्छन् नि, 'माया सम्पन्नता हो । जहाँ अभाव र गरिबीका डोबहरु देखिँदै जान्छन् तब प्रेमको अर्थ पनि नाङ्गिदै जान्छ ।'

यहाँ सुसम्पन्न परिवारका यी दुईको माया आज पनि कोपिलाबाट भर्खर फक्रिएको गुलाफ झैँब एकदमै ताजा देखिन्छ। अहिले उनीहरु आफ्नो वार्षिक उत्सव मनाउन निकै व्यस्त छन्। आफ्ना साथीहरु बोलाएर सहरकै नामी होटलमा पार्टी दिने योजना बनाउँदै छन्। 

कल्पना भन्छिन्, 'हेर निरज ! हामी यो पार्टीमा हाम्रा एकदम नजिकका साथीहरु मात्र बोलाउनु पर्छ है ! किन की अहिलेको परिस्थिति  कोभिड–१९ को समयमा धेरै मान्छे जम्मा हुनु पनि ठीक हैन । आफ्नो सुरक्षा आफैँ गर्नू भन्छ सरकारले पनि । सोसल डिस्टन्शनको पनि ख्याल गर्नुपर्ला । त्यसैले तिम्रा घनिष्ठ साथी १० जना र मेरा साथी १० जना भए पुगिहाल्छ नि, हैन त ?'

धीरजले 'तिम्रो आइडिया ठीक लाग्यो । मलाई पनि त्यसै गरौँ न त ! म मेरा साथीहरुलाई बेलुका ६:०० बजे होटलमा जम्मा हौँ भन्छु है भन्दै मोबाइलतिर लागे भने कल्पनाले पनि आफ्ना सबै साथीहरुलाई  मोबाइलबाट नै इन्भाइट् गर्छिन् तर उनकी सबैभन्दा प्रिय साथी रेखालाई इन्वाइट् गर्न उनी आफैँ रेखाको घर जान्छिन्।

कल्पनाका सबै साथीहरु सम्पन्न परिवारका भए तापनि रेखाको घरको आर्थिक स्रोत एकदम नाजुग थियो। त्यसैले कल्पनाले रेखालाई धेरै माया गर्छिन् तर रेखा एक साहसी, आत्मविश्वासी छिन्। 

रेखाले जिन्दगीका कठिनाइहरुलाई कति सहजसँग सामना गरेकी छिन्। रेखाको बारे सोच्दासोच्दै कल्पनाको स्कुटी रेखाको घर अगाडि रोकिन्छ। उनलाई देखेर रेखाले एनिभर्सरीको बधाई दिन्छिन् । सोधिन्, लौ भन कल्पना के पिउने चिया कि कफी ?'

…त्यो छोड रेखा, आज त हाम्रो दिन हो के ! म तिमीलाई हाम्रो वार्षिक पार्टीमा बोलाउन आएकी हुँ । बेलुका ६:०० बजे होटलमा । तिमी पक्का आउनुपर्छ है ! मैले अरु साथीहरुलाई कल गरेर बोलाएँ। तिमीलाई चाहिँ घरै एर बोलाएको। मम्मीले हामीलाई पार्टी मनाउन धेरै पैसा दिनुभएको छ। खाने, पिउने अनि मजा गर्ने है !

कल्पनाका कुरा सुनेर उनको ओठमा गहिरो मुस्कान छाउँछ। रेखाको मुस्कान देखेर कल्पनाले सोध्छिन्, …रेखा ! तिम्रो मुस्कानपछि केही रहस्य लुकेझैँ लाग्यो मलाई । के हो त्यो रहस्य मलाई भन न ! तिमीले के सोचेर मुस्कुरायौ ?’
रेखाले भनिन्, 'हैन त्यस्तो केही पनि छैन तर कल्पनाको मन भने मानेन।’ 

'रेखा भन न । म तिम्रा कुरालाई सधैँ आदर गर्छु । तिमी सबैभन्दा मेरी प्रिय साथी हौ । तिम्रो मनमा के लागेको छ मलाई खुलेर भन्न सक्छौ ।’
रेखाले भन्छिन्, 'हेर कल्पना ! तिमीहरु धनीका छोरा छोरी, अनि तिम्रा साथीहरु पनि । तिमीहरुले प्रशस्त धन खर्च गर्न सक्छौ । एउटा सानो पार्टीको लागि चार–पाँच च्याट् खर्च गर्न तिमीहरुका लागि कुनै ठूलो कुरा हैन तर तिमी सोच त, त्यत्रो रुपैयाँ खर्च गरेर के कुरा उपलब्धि हुन्छ तिमीहरुलाई ?  कस्को चै उपकार हुन्छ ?

खायो उडायो । क्षणिक सुख त मिल्छ नि ! तर त्यस्तो खुशीको के अर्थ ? रेखाका कुरा सुनेर कल्पनाले अचम्म मान्दै सोध्छिन्, ‘त्यसो भए हामीले खुसीयाली नमनाउँनू त रेखा !! हामी साथीसङ्गीहरु सङ्ग मोजमजा नगर्नू त ! तिमीले नै भन्छौ हैन र– जिन्दगीलाई सुखीसँग बाँच्न सिक्नुपर्छ भनेर !’ आज फेरि तिमी भन्छौ क्षणिक खुशीको के अर्थ ! म त केही बुझ्न सकिन नि, रेखा ।’ 

रेखाले  'कस्ले भन्यो र खुसीयाली गर्न हुन्न भनेर !! मनाउनुपर्छ, साथीसङ्ग मिलेर मोज पनि गर्नुपर्छ तर चाहिलेभन्दा बढी मात्रामा खर्च गरेर,दुनियाँलाई देखाएर  हैन । हेर कल्पना ! अहिले तिमी र धिरजले हामी माथीहरुका लागि यत्रो पैसा खर्च गरेर खिलाउनु पिलाउनु भनेको त सागरमा गएर एक गाग्री पानी खनाउनु जस्तै हो । सोच त सागरमा पानी खनाएर के मिल्छ ??  बरु तिर्खाएको एक जना व्यक्तिलाई एक गिलास चिसो पानी पिलाउनुमा कति ठूलो अर्थ छ सोचि हेर तिमी आफैँ !  बरु त्यो व्यक्तिको तिर्खा त मेट्छ।’

रेखाले भनिन्, ‘मैले भन्न खोजेको के हो भने तिमी र निरजले हामी साथीहरुको लागि खर्च गर्ने पैसालाई बरु !’ 
यो महामारीको समयमा दुःख परेकाहरुलाई सहयोग गर्ने समाजिक सङ्घ–संस्थाहरुमा गएर दान गरिदिए यो पैसाको सही ठाउँमा व्यंग्य हुने थियो। अहिले क्वारेन्टाइन् सेन्टरहरुमा बसेकाहरुलाई आवश्य समानहरु दान गर्ने हो भने पनि कति सहयोग पुग्ने थियो। अनि अर्को कुरा यो महामारीको जड निर्मूल पार्न वेक्सिनको कति खाँचो छ। 

विदेशबाट भ्याक्सिन ल्याउनका लागि सामाजिक संस्थाहरुले चन्दा उग्रह गर्नमा सरकारलाई सहयोग पुर्या्एका छन् । त्यसमा सङ्लग्न भएर तिमीहरु जस्ता धनी युवाहरुले बाटो देखाउँदै गर्नुपर्छ। अनि बल्ल भावी सन्तानहरु पनि तिमीहरुले देखाएको बाटोमा हिड्छन् । यी कुराहरु हामी गरिब परिवारबाट त सुरु गर्न सकिन्न। यदि खुशी किन्नु छ भने भावनासँग सम्बन्धित कुराहरु किन्न सिक्नुपर्छ हामी। 
सेवा नै ठूलो धर्म हो भन्ने भनाइ त तिमीले पनि सुनेकै होला। रेखाले भनेका कुराहरु सुनेर कल्पनाले पनि ।

'ओहो११ रेखा यी कुराहरु हामीले सोचेकै थिएनौँ। हामी त सधैँ आफ्नो खुशीहरुलाई मात्र विशेषता दिँदै आएका रहेछौँ। तिम्रो विचार कति पवित्र है ! अब भरे हामी सबै साथीहरु मिलेर क्वारेन्टिन सेन्टरमा जाने । हाम्रो वार्षिक उत्सवको उपलक्ष्यमा त्यहाँ गएर दान पुण्य गर्ने र  साथीसङ्गी मिलेर आइसक्रिम र केक खाने कि कसो साथी..

 

प्रकाशित मिति: : 2021-01-30 16:37:00

प्रतिकृया दिनुहोस्