‘डार्क वेब’ को अखडाबाट यसरी फैलिँदै छ विश्वभर अपराध सञ्जाल (भिडियाे स्टाेरी)

पर्दाफास

काठमाडौँ

संसारभर आपराधिक कार्यका लागि डार्क वेबको प्रयोग हुँदै आएको छ । लागुपदार्थ कारोबार, ओसारपसार, मानव बेचबिखन र कालो धन जस्ता अपराधका लागि यसको प्रयोग बढिरहेको छ । नेपालमा पनि यस्ता आपराधिक क्रियाकलाप बढिरहेकाले सुरक्षा निकाय चनाखो बन्नुपर्ने सुरक्षाविद्हरुले बताएका छन् । 

इन्टरनेटका तीन भाग हुन्छन्, सर्फेस वेब, डिप वेब र डार्क वेब । सर्फेस वेब साधारण व्यक्तिका लागि र डिप वेब तथ्यांक भण्डारका लागि प्रयोग गरिन्छ । सर्फेस वेबमा मानिसले सर्च इन्जिन वा वेबसाइटबाट सहजै सूचना पाउँछन् ।

यसअन्तर्गत सामाजिक सञ्जालहरु जस्तै फेसबुक, युट्युब, गुगल लगायतका वेबसाइटहरु हेर्ने गरिन्छ । इन्टरनेटको १० प्रतिशत हिस्सा मात्र सर्फेस वेबमा प्रयोग हुने जनाइन्छ ।

डिप वेबमा भने सर्वसाधारणलाई पहुँच हुँदैन । गोप्य तथ्यांक भण्डारणका लागि प्रयोग हुने भएकाले सम्बन्धित निकायको अनुमतिमा मात्र यसको जानकारी पाइन्छ । सरकारी दस्ताबेज, तथ्यांक, बैंक तथा वित्तीय संघसंस्थाका गोपनीय जानकारी, सरकारी वा निजी कम्पनीका प्रमाण आदि तथ्यांकहरु यसमा राखिन्छ ।

सामाजिक सञ्जाल तथा इमेलका व्यक्तिगत तथ्यांकहरुको भण्डारण पनि यसै अन्तर्गत पर्दछ । यस्ता तथ्यांकहरु सार्वजनिक भएमा विभिन्न समस्या आउने भएकाले पनि गोप्य राख्ने गरिन्छ । इन्टरनेटको ठूलो हिस्सा डिप वेबले ओगट्ने गरेको छ ।

 

प्रकाशित मिति: : 2021-01-29 21:57:00

प्रतिकृया दिनुहोस्