मानसिक रोग भनेको के हो? के हुन यसका लक्षण? मानसिक राेगीसँग कस्तो व्यवहार गर्ने ?

बिएल संवाददाता

काठमाडाै‌ं
सांकेतिक तस्बिर

शारिरिक रुपमा सबल देखिएता पनि व्यवहार मन र मस्तिष्कमा गडबड भएका मानिस मानसिक रोगी हुन् भन्ने बुझिन्छ। यस्ता मानिसको दिमाग र मन ठेगानमा हुदैन अथवा भनौ उनीहरुको सोच्ने र बुझ्ने क्षमता नै हराएको हुन्छ।

मानसिक रोग लागेपछि व्यक्तिको व्यवहारमा पनि परिवर्तन आउन थाल्ने र यसको असर व्यक्तिको बोलीवचन आभाष स्मरण चेतना व्यवहार आदीबाट देखिन थाल्छ। जस्ले गर्दा उसको काम पेशा व्यवसाय र सामाजिक सम्बन्धमा प्रभाव पर्न जान्छ। चिकित्सकहरुका अनुसार मानसिक रोग जोकोहीलाई पनि लाग्न सक्छ।

यसले वृद्ध बालक जवान महिला पुरुष धनी गरिब कोही भन्दैन। तर यसको उपचार सम्भव छ। मानसिक रोगी बिरामीमा थुप्रै खालका लक्षण देखिने गर्छन तर सबै बिरामीमा एउटै खालका लक्ष्यणहरु भने हुदैन। यस्ता मानिस हाम्रो समाजमा धेरै देखिन्छ। हामी आफै पनि मानसिक रोगी व्यक्ति हो भनेर अनुमान लगाउन सक्छौ।

मानसिक रोगि बिरामीमा देखापर्ने लक्षणहरु यस प्रकार छन्: 
•    अत्यधिक रिसाउने
•    तोडफोड गर्ने
•    हिंसाको भावना
•    अनावश्यक शंका गर्ने
•    घमण्डी देखिने
•    कानमा कुनै किसिमको आवाज सुनिनु

चिकित्सकहरुका अनुसार मानसिक रोग लाग्दैमा आत्तिनु पर्दैन। यस्ता बिरामीलाई समयमै उपचारका लागि अस्पताल लैजान पहल गर्नुपर्छ। होच्याउनु अवसरबाट वञ्चित गराउनु हुँदैन। मानसिक रोगको सही उपचार औषधी नै मुख्य कुरा हो।

बिरामीका लागि मिल्दो व्यवहार पनि अर्को औषधी हो। मानसिक रोगीसँग गर्ने व्यवहार सही हुनुपर्छ। उनीहरु संग जहिले पनि प्रोत्साहनपूर्ण व्यवहार गर्नुपर्ने हुन्छ जसले गर्दा उनीहरुको व्यवहार र मस्तिस्कमा परिवर्तन आउदै जान्छ।

राम्रो व्यवहार र हेरचाह ले पनि केहि उपाय नलागे उनीहरुलाई मनो परामर्शको सम्पर्कमा लाने अथवा मनो चिकत्सकको सल्लाह अनुसारको औषधी दिने गर्नुपर्छ। 

प्रकाशित मिति: : 2021-01-29 14:39:00

प्रतिकृया दिनुहोस्