शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने

File Photo
File Photo

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीद सम्मानका लागि छुट्टै नीति तर्जुमा गरिने जानकारी दिएका छन्।

शहीद दिवसका उपलक्ष्यमा शहीद स्मारक विकास समितिद्वारा शुकंबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शहीदका सपना साकार पार्न प्रमुख दलले नै आपसी वादविवाद होइन, जनता र राष्ट्रप्रति जवाफदेही हुनुपर्ने अवस्था आएको बताए।

कार्यक्रममा वाग्मती प्रदेशसभाका कांग्रेस प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले  शहीदले गरेको त्यागलाई उच्च सम्मान गर्नुपर्ने बताएका छन्।
    
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर रानाले सत्ता राजनीतिको होडबाजीलाई त्यागेर विकासप्रति एकजुट हुन आग्रह गरे।

उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट निस्केको ¥यालीले शहीद स्मारक पुगी शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको थियो। रासस

प्रकाशित मिति: : 2021-01-29 12:24:00

प्रतिकृया दिनुहोस्