भक्तपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुरको लोकन्थलीमा  सवारी साधनको ठक्करबाट एक बटुवाको मृत्यु भएको छ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका  १ लोकन्थली मनहरा सडक खण्डमा बिहिबार राति एक पुरुषलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार नाम बतन नखुलेका अन्दाजी ५० वर्षका पुरुषलाई सवारी साधनले ठक्कर दिएर भागेको थियो।

प्रहरीले मृतकलाई सडकमा लडीरहेको अवस्थामा फेला पारेको र उपचारका  लागी अस्पताल पुर्याउदा डाक्टरले मृत्त घोषणा गरेका थिए।  

घटनाका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। मृत्तकको नामथर ठेगाना नखुलेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-01-28 10:04:00

प्रतिकृया दिनुहोस्