कोरोनाका कारण गुपचुप रहेकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पुनः सुटिङमा फर्किएकी छिन्।
उनलाई केही समयअघि कोरोना भएको थियो। बुधबार उनी मणिरत्नमको निर्देशनमा निर्माणधीन फिल्म ‘पन्नियिन सेल्वन’ को सुटिङका लागि हैदराबाद पुगेकी थिइन।
फिल्मको सुटिङ रामोजी फिल्मसिटीमा हुँदैछ। विमानस्थलमा उनीसँगै श्रीमान अभिषेक बच्चन र छोरी आराध्या पनि देखापरेका थिए।