साउथहाम्पटनमा आर्सनलको उत्साहजनक जित

कप्तान पियरे–इमेरिक अयुबामेयाङको अनुपस्थितिमा पनि आर्सनलले साउथहाम्पटनलाई उसैको घरेलु मैदानमा १–३ गोलले पराजित गरेको छ। 
सोमबार राती घरेलु मैदानमा भएको खेलमा भ्रमणकारी टोलीविरुद्ध साउथहाम्पटनले अग्रता बनाएपनि त्यसलाई निरन्तरता दिन सकेन। खेल सुरु भएको तीन मिनेटमै स्टुआर्ट आर्मस्ट्रङले गनर्सविरुद्ध अग्रता दिलाएका थिए। तर, त्यो अग्रता लामो समय टिकेन।

आर्सनलका लागि आठ मिनेटमा निकोलास पेपेले बराबरी गोल फर्काए। यस्तै पहिलो हाफको ३९ मिनेटमा बुकायो साकाले अर्को गोल गरेपछि भ्रमणकारी टोलीले अग्रता बनाएको थियो।

तेस्रो गोल गनर्सका लागि १९ वर्षीय लाकाजेटीले गरे। यो जितसँगै आर्सनल लिगको आठौ स्थानमा उक्लिएको छ। आर्सनले २० खेलमा ३० अंक बटुलेको छ।

प्रकाशित मिति: : 2021-01-27 07:46:00

प्रतिकृया दिनुहोस्