जम्मु-कस्मिरमा भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना

जम्मु-कस्मिरमा भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना भएको छ।

कठुआका एसएसपी शैलेन्द्र मिश्राले सोमबार  साँझ ७ बजेर १५ मिनेटमा हेलिकप्टरर दुर्घटना भएकाे पुष्टि गरेका छन्।
 
दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटना भएलगत्तै गम्भीर घाइते भएका २ पाइलटलाई नजिकैको आर्मी अस्पतालमा भर्ना गरिए पनि एक जनाको मृत्यु भएको हाे।

मिश्रका अनुसार हेलिकप्टर पठानकोटबाट आउँदै थिजयो। लखनपुरको आर्मी एरियामा आपतकालीन अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो
 

प्रकाशित मिति: : 2021-01-26 06:16:00

प्रतिकृया दिनुहोस्