नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ।
गत २४ घण्टामा झापाका ३, सुनसरीका २, पर्साका ३, बारामा ३, महोत्तरीमा १, सप्तरीमा २, सर्लाहीमा १, काठमाडौंमा १३३, काभ्रेमा २, चितवनमा ३४, दोलखामा १, धादिङमा २, भक्तपुरमा ८, मकवानपुरमा १ र ललितपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै कास्कीमा २३, तनहुामा ३, नवलपरासी पूर्वमा ७, पर्वतमा २, मुस्ताङमा १, म्याग्दीमा ३, लमजुङमा १, बाग्लुङमा ५, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा २, दाङमा १२, पाल्पामा २, बर्दियामा २, बाँकेमा ३४, रुपन्देहीमा १५, रोल्पामा १, कञ्चनपुरमा २, कैलालीमा २, डढेलधुरामा २, बाजुरामा १, बैतडीमा १ जना संक्रमित थपिएका छन्।