भारतकाे आन्ध्र प्रदेशमा कोरोना खोप लगाएकी एक स्वास्थ्य स्वयंसेविकाकाे मृत्यु

(PTI Photo fill)
(PTI Photo fill)

आन्ध्र प्रदेशको गुन्टुर जिल्लास्थित सरकारी अस्पतालमा स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ।

 ती ४४ वर्षीया स्वास्थ्य स्वयंसेविकाले यही जनवरी २२ का दिन कोरोना खोप लगाएकी थिइन्। त्यसको ३ दिनपछि उनलाई टाउको दुख्ने र ज्वरो आउने भएको थियो।

उनका भाइका अनुसार पहिले उनलाई निजी अस्पताल लगिएको थियो तर अवस्था नाजुक बनेपछि सरकारी अस्पताल सारिएको थिया्े। तर उपचारकै क्रममा उनको आज आइतबार मृत्यु भएको हाे।

गुन्टुर जिल्लाका जिल्लाअधिकारी स्याम्युअल आनन्दले उनको मृत्युको वास्तविक कारण पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने बताएका छन्। 

उनका अनुसार ती महिलाकाे  अस्पतालले मस्तिष्काघातले मृत्यु भएको जानकारी दिएकाे छ।

 उनले ८ दिनभित्र १० हजार ९९ स्वास्थ्यकर्मीलाई खोप लगाइएको र अहिलेसम्म कसैमा पनि नकारात्मक असर नदेखिएको दाबी गरेका छन्।

यता उनका भाइले अस्वीकार गरेका छन्। उनका अनुसार यसअघि उनी तन्दुरुस्त थिइन्।

गभर्नमेन्ट जनलर हस्पिटल (जीजीएस) मा उनको मृत्यु भएपछि अन्य स्वास्थ्य स्वयंसेविकाले अस्पतालअगाडि विरोध प्रदर्शन गरेका थिए। 

 उनीहरुले पीडित परिवारलाई ५० लाख क्षतिपूर्ति दिन माग गरेका छन्।

प्रकाशित मिति: : 2021-01-24 19:56:00

प्रतिकृया दिनुहोस्