६ महिनामा २ प्रतिशत पनि विकास खर्च गर्दैनन् मन्त्रालय, कुनको कति?

नेपाल खबर

काठमाडाैं

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चालू आर्थिक वर्षमा विकास खर्चतर्फ सबैभन्दा कमजोर देखिएको छ।

मन्त्रालयले ६ महिनामा वार्षिक लक्ष्यको जम्मा १.९९ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। १ अर्ब ८४ करोड बजेटमध्ये ४ करोड मात्रै खर्च भएको हो। गत वर्ष ३७ करोड खर्च भएको छ। 

६ महिनामा सबैभन्दा बढी पुँजीगत खर्च गर्ने मन्त्रालयमा गृह अगाडि छ। जसको कुल वार्षिक लक्ष्यको तुलनामा २५.४८ खर्च भएको छ। कुल ५ अर्ब ९९ करोड विनियोजित बजेटमध्ये १ अर्ब ५३ करोड खर्च भएको छ।

चालू आर्थिक वर्षको विकास खर्च गत वर्षको तुलनामा १९.६० प्रतिशत घटेको छ। 

चालू आर्थिक वर्षको कुल पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब ९२ करोडमध्ये ५० अर्ब ८२ करोडमात्रै खर्च गर्न सकेको हो। कुल वार्षिक लक्ष्यको १४.४० प्रतिशत खर्च भएको छ। गतवर्षको यही अवधिमा ६३ अर्ब २० करोड खर्च भएको थियो।

अर्थ मन्त्रालयको ९ अर्ब ५५ करोड विनियोजित पुँजीगत बजेटमध्ये ७७ करोड मात्रै खर्च भएको छ। मन्त्रालयले ६ महिनामा ८.०६ प्रतिश बजेट खर्च गरेको हो।

प्रकाशित मिति: : 2021-01-24 18:25:00

प्रतिकृया दिनुहोस्