अब कोसेलीमा बदलिनेछन् सगरमाथाका फोहोर

शिलापत्र

काठमाडाैं

असरल्ल अल्मुनियमका टुक्रा, प्लास्टिकका खोल, बियर तथा जुसका बोतल । सामुन्नेमा रहेको सुन्दर सगरमाथालाई फोहोरले कुरुप बनाइरहेको छ । यो दृश्यबाट बिरक्तिए स्वीडेनी नागरिक । सन् १९८२ मा उनले पहिलो पटक नेपालको भ्रमण गरेका थिए । १९८५ देखि लगातार उनी खुम्बु क्षेत्रको यात्रामा गए । जब-जब उनी आउँथे फोहोर बढेको पाउँथे । विगत चार वर्षदेखि खुम्बु क्षेत्रमै बसेर सगरमाथाका फोहोरलाई घटाउने अभियानमा सक्रिय छन्, टोमी गस्टाफन ।

स्थानीय बासिन्दा, सगरमाथा राष्ट्रिय निकुञ्ज आउने पर्यटक र केही संस्थाहरूसँग सहकार्य गर्दै उनी सगरमाथा क्षेत्रमा फालिने फोहोर व्यवस्थापनमा क्रियाशील छन् । सगरमाथा नेक्स्ट नामक संस्थाले पाँचवटा संस्थासँग सहकार्य गरेको छ । यसले सगरमाथा प्रदूषण नियन्त्रण समितिसँग बढी सहकार्य गरेर काम गर्छ । नेपालप्रतिको स्नेह र वातावरण प्रेमले सगरमाथा सरसफाइमा प्रेरित गरेको गस्टाफन बताउँछन् ।

‘म वातावरणप्रेमी हुँ । खुम्बु क्षेत्रसँग मेरो आगाध प्रेम छ' टोमीले भने, 'फोहोर पनि काम लाग्ने वस्तु हो उपयोग गर्न जाने यसको विशेष मूल्य हुनेछ भन्ने दुनियाँलाई देखाउन चाहान्छु ।’

सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्न निकै कठिन छ । भरियालाई बोकाउनका लागि उनीहरू त्यसतर्फ जाँदै बढी भारी बोकेकाले फर्किंदा त्यति नै बोझ उठाउन मान्दैनन् । हेलिकोप्टरलाई रेस्क्युकै ध्यान हुन्छ । फोहोर कसलाई बोकाउने त ? यो द्विधामा एउटा उपाय निकाले ‘क्यारि मी ब्याक’ अर्थात् त्यस क्षेत्रमै पुगेका पर्यटक तथा सहयोगीहरूलाई नै फोहोर लुक्ला एयरपोर्टसम्म पुर्‍याउन लगाउने ।

प्रकाशित मिति: : 2021-01-24 17:35:00

प्रतिकृया दिनुहोस्