बुधबार, १६ जुलाई २०२५

मनोरन्जनात्मक कार्टून ‘टम एण्ड जेरी–द मुबी २०२१’

News Image
• • •

चलनचल्तीको भाषामा कार्टून भनिने एनिमेसन सिनेमाको बृहत बजार र दर्शक छन्। यसैकारण पुराना हिट एनिमेसन चरित्रहरुलाई नयाँ प्रकारले प्रस्तुत गर्ने लहर छ। 

यसै अनुसार केही समय पहिले प्रदर्शित डिजनीको ‘मुलान’ सुपर फ्लप भएको थियो। यसै अनुसार वार्नर ब्रदर्सले निर्माण गरेको ‘टम एण्ड जेरी–द मुबी २०२१’ गएको हफ्ता नेटफ्लिक्समा रिलिज गरिएको छ।

यो वर्ष वार्नर ब्रदर्सले आफ्ना सबै सिनेमाहरु ओटीटी प्लेटफर्ममा रिलिज गरेको छ। कोरोनाको कारण प्रायः सबै घर मै रहेको अवस्थामा रिलिज भएको भएपनि हाल यो सिनेमा एसियाई देशहरुमा भने उपलब्ध छैन। अन्य चरित्रभन्दा केहि बढी लोकप्रिय ‘टम एण्ड जेरी’को यो सिनेमा रिलिज पश्च्यात नै क्रमस लोकप्रिय हुँदैछ।

पंक्तिकारको विचारमा यो सिनेमा नेपाली दर्शकहरुको लागि त्यति मनोरन्जक हुन् सक्दैन। स्थान र परिवेशसँग तारतम्य नमिल्ने कारणले केवल एनिमेसन हेर्नको लागि मात्र हो भने हेर्न सकिन्छ। 

‘टम एण्ड जेरी’ को ‘फ्यान’हरुलाई यो कुरा पक्कै थाहा छ कि यिनीहरुको लोकप्रियता क्रमस घट्दो छ। यद्वपी यो सिरिजका सिनेमाहरुका मुख्य दर्शकहरुमा यसको आकर्षण कायम नै छ।

आफ्नो पहिलेका सिनेमा जस्तै यो सिनेमामा पनि ‘टम एण्ड जेरी’ को बिभिन्न क्रियाकलापले दर्शकहरुलाई मनोरन्जन प्रदान गर्ने कोशिस गरिएको छ र त्यसमा निर्देशक टिम स्टोरी सफल छन्। 

चोले ग्रेस मोर्टेज, माइकल पेना, कोलिन जस्ट, रब डिलेनी र केन जोएन ले बिभिन्न चरित्रहरुको लागि आफ्नो आवज दिएका छन् र त्यो सामान्य छ। 

क्रिस्टोफर लेनिटेजको सङ्गीत, एलन स्टुवर्टको सिनेमोटोग्राफी र पिटर एस इलियटको सम्पादन उत्कृष्ट छ। 

तिब्र गतिको यो सिनेमा कुल मिलाएर ‘टम एण्ड जेरी’को उछलकुद हेर्नको लागि मात्र भने पनि हेर्दा हुन्छ र केटाकेटीहरुलाई भुलाउनको लागि पनि यो सिनेमा राम बाण छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?