ज्ञानमालाले सगरमाथा टेक्दा...

शुष्मा बराली

एउटी महिलालाई साहसिक काम गर्न के कुराले प्रेरणा दिन्छ ? अनि कस्ता कुराले निरुत्साहित बनाउँछ ? महिलामा हुनुपर्ने गुण, जसलाई समाजले निर्धारण गरेको हुन्छ, उक्त निर्धारित मान्यताभन्दा फरक काम कुनै महिलाले गर्दा समाजसँग कसरी जुध्नुपर्ला ? धेरै तीतामीठा अनुभव छन्, ज्ञानमाला रणपालसँग । 

२०५० वैशाख १० गते पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाले सगरमाथाको शिखर चुमेको समाचार ज्ञानमालाले सुनिन् । त्यो समाचारले उनलाई सगरमाथाप्रति चासो जगायो । त्यसपछि उनले शेर्पा र सगरमाथाको विषयमा सोधखोज गर्न थालिन् । उनलाई पनि सगरमाथाको शिखर चुम्ने रहरले उक्साउन थाल्यो ।

५.३ उचाइ, खाइलाग्दो जिउडालकी ज्ञानमालाले सगरमाथा चढ्छु भन्दा धेरैले पत्याएनन् । ‘एउटी महिला, त्यसमाथि मोटी, अझ उमेर कटिसकेकी, कसरी चढ्न सक्छे ? वर्षौंसम्म चढिरहेका शेर्पाहरू त चढ्न नसकेर फर्किराछन्’ उनले यस्तै सुन्नुपर्‍याे । तर उनले सगरमाथा आरोहण गर्ने जिद्दी छाडिनन् । उनी भन्छिन्, ‘सक्दिनौँ भनेर दुरुत्साहित गर्ने जति थिए, प्रोत्साहित गर्नेहरू पनि उत्तिकै थिए, जसले मलाई सपना साकार गर्न प्रेरित गरिरह्यो ।’ 

प्रकाशित मिति: : 2021-01-23 16:37:00

प्रतिकृया दिनुहोस्