नवराजकाे संगीतमाेह : सरकारी जागिर छाडेर गायनमा जम्दै

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

धेरैको चाहना हुन्छ, सरकारी जागिर खाने। त्यसका लागि आफ्नो पढाइलाई नै विश्राम दिएर लोक सेवा तयारी गर्न थाल्छन्। सरकारी जागिर खाइसकेपछि आफ्नो इच्छा, चाहना तथा सपनासमेत पूरा भएको ठान्छन्।

तर कतिपय यस्ता पनि हुन्छन्, आफ्नो चाहना तथा उद्देश्य एक हुन्छ काम भने अर्को गरिरहेका हुन्छन्। उनी अन्ततः आफ्नै चाहना तथा उद्देश्य पूरा गर्नतिर लाग्छन्। 

हो, पछिल्लो समय गायन क्षेत्रमा सक्रिय रहेका गायक नवराज कलौनी पनि यस्तै मध्येका एक हुन्। सानैदेखिको रूचि तथा चाहना गायन क्षेत्रमा लाग्‍ने। उनको मन मस्तिष्कमा पनि कलाकार बन्‍ने नै थियो। तर उनी आफ्नो जीविकोपार्जनका लागि सरकारी जागिरे बने। 

दुई वर्ष सरकारी सेवा गरे। तर उनको मनमा भने स्थिरता थिएन। हुन पनि कसरी होस्, उनको मन मस्तिष्क नै गायन क्षेत्रमा थियो। आफ्नो चाहनाका लागि उनले अन्तत: जागिर नै त्यागिदिए। 

“मेरो रूचि र चाहना गायन नै थियो। तर, बाध्यताले जागिर खान पुगेँ। अरू सबैजना जागिरका लागि मरिहत्ते गर्छन्। मैले भने आफ्नो रूचिका लागि जागिरबाट राजीनामा दिएँ,” गायक कलौनीले देखापढीसँगको कुराकानीमा भने। 

उनी २०७० सालमा जागिरबाट राजीनामा दिएर काठमाडौं आए। अपाङ्‍गता पुनर्स्थापना केन्द्रको कैलाली तथा डडेल्धुरा हेर्ने उनको जिम्मा थियो। त्यसपछि उनको सल्यान सरूवा भयो। उनी सल्यान नआई राजीनामा दिएर सिधै काठमाडौं आए। 

प्रकाशित मिति: : 2021-01-23 09:04:00

प्रतिकृया दिनुहोस्