कोरोनाले नाट्य क्षेत्रमा समस्या मात्रै थपेको छैन, अवसर पनि ल्याएको छ: अनुप बराल

कमल प्रभात

काठमाडाै‌ं

रङ्गकर्मी तथा निर्देशक अनुप बरालले कोरोनाले नाट्य क्षेत्रमा समस्यासँगै सकारात्मक परिवर्तन ल्याउने बताएका छन्।

बुधबार अनामनगरस्थित मण्डला थिएटरम आयोजित संवाद कार्यक्रममा बोल्दै बरालले लामो समयपछि खुल्न लागेका नाटक घरहरु थप ऊर्जाको साथ आउने बताए। 

बरालले भने, ‘कोरोना समयमा हामीले लामो समयदेखि गर्दै आएको काम के सही मार्गमा थियो त? भनेर सोच्ने मौका पायौं। समाजको वास्तविक कथा बुझ्न पायौं, समाजको वर्तमान अवस्था अध्ययन गर्न पायौं।’

यो समय भनेको रङ्गकर्मीहरुलाई ऊर्जा सञ्चय गर्ने संयम भएको बरालले दाबीसमेत गरे।

‘हामी सहर केन्द्रित भएका कारण नाटकमा विविधता ल्याउन सकेका रहिन्छौं। लामो समय खालि बस्नु पर्दा धेरै क्षेत्रको अध्ययन र अवलोकन गर्न पायौं,’ उनले भने।

उनले अब नाटकमा विविधता र नयाँ स्वाद आउने समेत दाबी गरे। ‘यो अवधिमा केही साथिहरुले नाटक लेख्न कोशिससमेत गरेका पाइयो। कतिले समाजका घटना देखेर कल्पना गर्नु भयो होला। यो पनि नाटक लेख्नु जस्तै हो। अहिले समाजका धेरै पात्र देखेर धेरै साथीले कल्पना गर्नु भएको छ,’ बरालले भने। 

कोरोनापछि सिनेमाका केही कलाकार थिएटरसम्म आउने तयारी  गरिरहेको समेत उनले बताए। 

‘केही नयाँ लेखक पनि आउने क्रममा रहनुभएको छ। यो सकारात्मका पक्ष हो,’ उनले भने।

प्रकाशित मिति: : 2021-01-21 13:48:00

प्रतिकृया दिनुहोस्