विगतमा प्रतिनिधिसभा विघटनः यसरी भएको थियो न्याय निरुपण

रातोपाटी

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएपछि सो कदमविरुद्ध दायर भएको रिटमा ४ माघबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाई भइरहेको छ । ५ माघमा दुई र ६ माघमा ५ जना कानून व्यवसायीले रिटका पक्षमा बहस गरे । ७ माघमा इजलास सुरु भएसँगै संविधानविद् चन्द्रकान्त ज्ञवालीबाट बहस प्रारम्भ भयो ।

रिट निवेदक कञ्चनकृष्ण न्यौपानेका अनुसार बुधबार अपराह्नबाट उनको निवेदनको पालो आएको छ । न्यौपानेले बुधबार नै बहस गरे । भन्छन्, ‘बिहीबार इजलास सुरु भएपछि ओमप्रकाश अर्यालले बहस गर्नु हुनेछ ।’

७ माघमा इजलास सुरु भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले रिटमाथिको बहसका लागि एकजना कानून व्यवसायीलाई आधा घण्टाको समय निर्धारण गरिदिएका छन् । १२ जना रिट निवेदकका निवेदनहरु उपर पालैपालो कानून व्यवसायीहरुले बहस गरेपछि मात्र मुद्दा किनारा लाग्छ । त्यसका लागि करिब ३ सयजना वकिलले वकालतनामा बुझाएका छन् ।

यसर्थ यो रिटको छिनोफानो कसरी हुन्छ ? पर्खनुको विकल्प छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार मुद्दाको छिनोफानो हुन न्युनतम पनि १५ दिन लाग्नेछ । मुद्दाको छिनोफानो आफ्ना ठाउँमा होला, तर यही प्रकृतिको रिटमा विगतका नजिर के छन् ? त्यसलाई खोतल्नु उपयुक्त हुनेछ ।

प्रकाशित मिति: : 2021-01-21 11:41:00

प्रतिकृया दिनुहोस्