संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल

बिएल संवाददाता

काठमाडाै‌ं

कांग्रेसका सभापति शेरहादुर देउवाले संसद विघटनविरुद्धको प्रदर्शनमा ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन्। 

बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध कांग्रेसले भोलि माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका हुन्।

‘अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ।

संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेसमा एकमत भएको देउवाको भनाइ छ।
 

प्रकाशित मिति: : 2021-01-20 16:32:00

प्रतिकृया दिनुहोस्