'मोदीले भेट नदिनु असमान व्यवहार हो, नेपालीसँग लघुताभाष बढ्ता छ'

शिलापत्र

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्ध सन् २०२१ मा विवादरहित बन्ने दाबी गरे । नेपालसँग भारतका स-साना मुद्दामा विवाद भइरहन्छ । त्यसमाथि गत असारमा नेपालले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेपछि भारत थप चिढिएको छ ।  त्योभन्दा पहिला पनि नेपाल-भारत सम्बन्ध सुमधुर बनाउने प्रयासअन्तर्गत नै थियो, प्रबुद्ध समूहको गठन । तर, त्यो समूहले विवाद समाधानका लागि तयार पारेको प्रतिवेदन अढाइ वर्षदेखि अलपत्र छ । यो प्रतिवेदन अलपत्र हुनुको कारण के हो ? ईपीजीले उठाएका विषय समाधान नभएसम्म नेपाल -भारत सम्बन्ध विवादरहित बन्न सक्ला वा नसक्ला ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रतिवेदन कहिले बुझ्लान् ? नेपालमा खुबै चासो छ । 

पछिल्ला दिनमा चुच्चे नक्साले थप विवाद बढाएको नेपाल-भारत सम्बन्धलाई सामान्यीकरण बनाउने प्रयासकै लागि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा निस्केका थिए । त्यो भ्रमण नेपालको संसद विघटन भएको २५ दिनपछि भएको थियो । तर, प्रश्न यहीँनेर उठ्यो- भारतका गुप्तचर प्रतिनिधिले नेपालका प्रधानमन्त्री भेट्न पाउने तर नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले मोदीलाई भेट्न नसक्ने ? वास्तवमा भारत-नेपालसँग कस्तो सम्बन्ध चाहन्छ ? के प्रतिनिधिसभा विघटनमा हल्ला गरिएजस्तै भू-राजनीतिक चलखेल छ ? यिनै विषयमा कूटनीतिज्ञ भेषबहादुर थापासँग शिलापत्रका लागि शिशिर ढकाल, याेगेश ढकाल र बसन्त बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः 

प्रतिनिधिसभा विघटनको २५ दिनपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अघिल्लो साता भारत भ्रमणमा निस्किए । त्यस क्रममा ज्ञवालीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन सकेन । त्यसको कारण पनि खुलेको छैन । मोदीले भेट्न नचाहनुको कूटनीतिक सन्देश के हुन सक्छ ? कतै यो सरकारप्रतिको दृष्टिकोण परिवर्तन भएको सन्देश त होइन ?

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदै छ भनेर हाम्रै कूटनीतिज्ञले भनेका हुन् तर भेट भएन । अहिलेको भ्रमणलाई हेर्दा मेरो निष्कर्षचाहिँ संवादहीनताको अवस्थाबाट संवादको सुरुवात भएको छ । समस्याबारे एउटाले अर्कालाई बोध गराएका छन् । तर, समाधानको बाटोतर्फ गएको देखिँदैन । ठूलो देश र सानो देशको रूपमा होइन, सार्वभौमिकताका आधारमा हाम्रो एउटै अस्तित्व छ । यति हुँदाहुँदै पनि आफ्नो आचरण र व्यवहारले आत्मसम्मान पाउने प्रक्रियामा नेपाल अड्किएको छ । हाम्रो राजनीतिक अस्थिरताका कारण र आन्तरिक प्रतिस्पर्धाका कारणले पनि यसलाई असर पारेको छ । 

प्रकाशित मिति: : 2021-01-19 16:33:00

प्रतिकृया दिनुहोस्