धरान र बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

धरान र बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मंगलबार बिहान ६ बजे ७७ वर्षीया महिलाको मृत्यु भएको हो। 

धनकुटा–४ बस्ने ती महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि धनकुटा जिल्ला अस्पतालले उनलाई प्रतिष्ठानमा रिफर गरेको थियो। उनलाई पुस १४ गते कोभिड अस्पतालमा भर्ना गरेर पीसीआर जाँच गर्दा पुस १६ गते कोरोना पुष्टि भएको थियो।

 ती महिलालाई करिब तीन सातासम्म भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको हो।

यता नेपालगन्ज उपमहानगरपालिका –१०, भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो।

उनलाई पुस २६ गते कोरोना पुष्टि भएको थियो। कोरोना भएपछि घरमै बसेका उनलाई अक्सिजनको लेभल कम देखिएपछि २७ गते भेरी अस्पतालमा ल्याइएको थियो।

भेरी अस्पतालमा उपचारको क्रममा स्वास्थ्यमा सुधार आएपछि उनलाई २९ गते पुनः होम आइसोलेसनमा लगिएको थियो। बाँकेमा योसहित कोरोना बाट मृत्यु हुनेको संख्या ५० पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ। 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, जिल्लामा अहिले पनि ६१ जना होम आइसोलेसनमा छन्।

प्रकाशित मिति: : 2021-01-19 12:45:00

प्रतिकृया दिनुहोस्