काठमाडौंको कलंकीस्थित खड्का गाउँमा विद्युत सर्ट भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु भएको हो।
आगोले खड्काको छाती, पेट र ढाड पूरै जलेको प्रहरीले जनाएको छ।
उनी आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका थिए।