कुवेतको सोमबार सरकार विघटन भएको छ। प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन्।
प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका छन्।
प्रधानमन्त्री सबाहले यही जनवरी १३ मा कुवेती राजा समक्ष राजीनामा चढाएका थिए। तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।
देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिन लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिएका थिए।
उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफूहरु अब विदा हुनुपर्ने अवस्थामा रहेको संकेत दिएका थिए।
उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए।