३ हजार ८४ को पीसीआर परीक्षण, २ सय ७० जनामा कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ३ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन्।

हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। निको भएका संक्रमितहरूको दर ९७.७ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा ३ सय ९० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ४८ पुगेको छ।

प्रकाशित मिति: : 2021-01-15 16:23:00

प्रतिकृया दिनुहोस्