भेरी अस्पतालमा कोरोनाबाट एक वृद्ध महिलाकाे मृत्यु

नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाबाट एक वृद्ध महिलाकाे मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीकी ८० वर्षीया महिलाको मृत्यु भएको हो।

पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी महिलामा कोरोना पुष्टि भएपछि नेपालगञ्जमा रिफर गरिएको थियो।

उनको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

प्रकाशित मिति: : 2021-01-15 12:35:00

प्रतिकृया दिनुहोस्