‘मनसँग मन’को प्रदर्शन मिति तय

फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ। फिल्मको प्रदर्शन मिति आगमी चैत्र २७ तोकिएको छ। 

प्रदर्शन मितिसँगै फिल्मको ‘मेरो त भाग्य’ बोलको गीत समेत सार्वजनिक गरिएको छ। 

गीतमा फिल्मका मुख्य कलाकार पुष्प खड्का, वर्षा सिवाकोटीको नृत्य देख्न सकिन्छ। यस्तै, अतिथी कलाकारको रुपमा भिडियोमा पल शाह र पूजा शमा समेत अटाएका छन्। गीतमा बुद्दि तामाङ र रविन्द्र झा समेतलाई देख्न सकिन्छ।

गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दीपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ।

सौरभ लामाको छायाँकन रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ। 

पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको फिल्म कैलाश राइले निर्देशन गरेका हुन्। 

अरुण तामाङ निर्माता रहेको फिल्मलाई सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो।
 

प्रकाशित मिति: : 2021-01-15 12:20:00

प्रतिकृया दिनुहोस्