सरकारी हात्तीको न्वारानमा कर्मचारीको पालो

अनलाइनखबर

काठमाडौँ

सुदर्शन अर्याल

चितवन राष्ट्रिय निकुञ्जका ५७ हात्तीमध्ये ३७ वटाको नाम मान्छेको नामबाट राखिएको छ । तीमध्ये कतिपयले पूर्वराजपरिवार, संरक्षणकर्मी, मन्त्री र कर्मचारीको नाम पाएका छन् ।

केही हात्तीको नाम नदी र प्रसिद्ध ठाउँबाट पनि राखिएको छ, जस्तै–नारायणी कली, कर्णाली कली, तमोर कली, गण्डकी कली, अमलटारी गज, माडी गज, खोसार गज, कसरा गज आदि ।

उदण्डताका कारण चर्चामा आएका मत्ता (भाले) हात्तीहरुले पनि त्यसबेला सार्वजनिक चर्चामा रहेका मानिसहरुको नाम पाएका छन् । ती जंगली मत्ता हात्तीहरुबाट त्राहिमाम स्थानीयले धुर्बे, रोनाल्डो, गोविन्दे जस्ता नाम दिएका छन् ।

चितवन निकुञ्जका ६ वटा हात्तीको नाम पूर्वराजपरिवारका सदस्यहरुको नामसँग मिलाइएको छ । ती नाम हुन्– कोमल कली, ऐश्वर्यमाला, धीरेन्द्र कली, हिमानी कली र प्रेरणाकली । कोशीटप्पु वन्यजन्तु आरक्षबाट काजमा ल्याइएको एउटा हात्तीको नाम चाहिँ पारसकली छ ।

२०६२/०६३ सालको जनआन्दोलनअघिसम्म हात्ती जन्मिएपछि दरबारमा खबर पुग्थ्यो । हात्तीको नाम राख्ने जिम्मा राष्ट्रिय निकुञ्ज विभागको भएपनि यसमा दरबारको चासो भएकाले हात्ती जन्मिएपछि दरबारमा जाहेर गरिन्थ्यो । राजतन्त्र अन्त्यपछि भने हात्तीको नामाकरणमा कर्मचारीहरुको बोलवाला चल्न थाल्यो ।

प्रकाशित मिति: : 2021-01-14 15:58:00

प्रतिकृया दिनुहोस्