शनिबार, १२ जुलाई २०२५

आजदेखि सिनेमा हलमा ‘एउटा यस्तो प्रेम कहानी’ र साउथ फिल्म ‘मस्टर’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2021-01-14 12:18:00
News Image
• • •

१० महिनापछि खुलेका सिनेमा हलमा आजबाट नयाँ फिल्म रिलिज हुन लागेका छन्। आज सिनेमा हलमा अभिनेता शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ र साउथ फिल्म ‘मस्टर’ रिलिज हुन लागेका हुन्। 

पुस १० गतेबाट खुलेका हलमा पुुरानै फिल्म पुनः रिलिज भएका थिए। कोरोनाको कारण लगानी जोखिम पर्न सक्ने भन्दै निर्माता फिल्म रिलिज गर्न पछाडि हटेपछि पुरानै फिल्म रिलिज भएका थिए। 

कोरोना महामारीपछि हलमा नयाँ फिल्म रिलिज हुन लागेकोले यसलाई विशेष चासोका साथ हेरिको छ। 

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा पलना गरिएको छ। दर्शकमा कोरोना संक्रमण नफैलियोस भनेर स्वास्थ्य सुरक्षाका सम्पुर्ण विधि अपनाएको विग मुभि सिटि सेन्टरका सिइयो दिपेश शर्माले बताए। 

‘हलमा कोरोनाको डरले भन्दा पनि नयाँ फिल्म रिलिज नभएकोले दर्शक हलमा फिल्म हेर्न गएका थिएनन्। यदि आज रिलिज हुन लागेका फिल्मलाई दर्शकको राम्रो साथ मिलेमा लगानी जोखिममा पर्ने डरले फिल्म रिलिज गर्न पछाडि हटेका निर्मातालाई आट आउनेछ,’ उनले भने। 

आजबाट रिलिज हुन लागेका फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनेता शिव श्रेष्ठमा छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यु गर्दैछन्। फिल्ममा शिव श्रेष्ठ, प्रियांका कार्की, आयुषमान देशराज जोशी, संजोक कोइलारा, वर्षा राउत, लगायतको अभिनय रहेको छ। 

त्यस्तै, साउथ इन्डियन फिल्म ‘मास्टर’मा विजय र विजय सेतुपतिको अभिनय रहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?