प्रदेश २ मा हालसम्म ३८ वटा विद्येयक प्रमाणिकरण भएका छन्।
प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको हकअधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार एकैपटक प्रमाणीकरण भएसँगै प्रमाणिकरण हुन विद्येयकको संख्या ३८ पुगेको हो।
दुवै विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेका छन्। नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले दुवै विधेयक प्रमाणिकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
यो दुवै विधेयक केही महिनाअघि प्रदेश सभाबाट पारित भएर प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो।
प्रदेश प्रमुखका रुपमा परियार आएपछि उनले यी दुईसहित १६ वटा विधेयक प्रमाणिकरण गरेका हुन्।