नेपाली अभिनेत्री निरिषा हिन्दी सिरियल ‘अलादिनः नाम तो सुना होगा’मा

नेपाली अभिनेत्री निरिषा बस्नेत हिन्दी सिरियल ‘अलादिनः नाम तो सुना होगा’मा देखिएकी छिन्। 

मुम्बईलाई कर्मथलो बनाउदै आएकी उनी यस अगाडि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’मा पनि देखिएकी थिइन्। 

उनले हिन्दी सिरियल ‘तेनाली रामा’मा समेत केमियो भूमिका निर्वाह गरेकी थिइन्। जसमा उनको चिनियाँ युवतीको गेटअफ रहेको थियो।

फिल्म ‘अलादिनः नाम तो सुना होगा’को अहिले सुटिङ भइरहेकोछ। सिरियलमा बस्नेतको नेगेटिभि भूमिका रहेको छ। सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको पनि अभिनय रहेको छ।

सोनी सब टिभीबाट प्रशारण हुन लागेको सिरियल अभिनयका लागि उनी हालै अनुबन्धित भएकी हुन्।

प्रकाशित मिति: : 2021-01-13 13:41:00

प्रतिकृया दिनुहोस्