हरेक वर्षको माघ एक गते (१४ जनवरी) मकर वा माघे संक्रान्तिलाई एउटा प्रमुख चाडको रुपमा मनाइने गरिन्छ।
यो चाड देशको प्राय सबै क्षेत्र र जात जातीमा फरकफरक सांस्कृतिक रुपले मनाउने गरिन्छ।
यो दिन आफ्नो हैसियत अनुसार दान गर्ने र स्थान बिशेष अनुसार तिलको लड्डु, चाकु, तरुल र खिचडी खाने प्रचलन छ। शास्त्रका अनुसार यो दिनमा केहि कार्य गर्न रोक लगाइएको छ।
यो दिनमा अरुसँग अप्रिय बचन नबोल्न, दाँत माझ्ने र कपाल धुने काम नगर्न, खेतको फसल नकाट्न र गाइ भैंसीको दुध दुहन पनि नहुने भनिएको छ।
यसै गरेर यो दिन रुख नकाट्ने र मासु र रक्सी जस्ता तामसी बस्तु पनि सेवन गर्न नहुने बताइएको छ।
यो दिन सकेसम्म गरिष्ट भोजन त्यागेर खिचडी जस्तो सात्विक भोजन गर्नु पर्छ। यसै गरेर यो दिन सूर्य पुजा र गङ्गा स्नान पश्च्यात आफूले सकेसम्म दान गर्नु पर्ने छ।
भोको मान्छेलाई पेट भरि खान दिनु जस्तो धर्म अरु कुनै नभएको कारण आफूले सकेसम्म कमसेकम एक जना मात्र भए पनि भोको ब्यक्तिलाई भोजन गराउनु उत्तम हुन्छ।
दान गर्ने समयमा आफ्ना दिबंगत पुर्खाहरु र देबदेबीको स्मरण गर्नु राम्रो हुन्छ। यसको साथै आफुले गरेको दानको चर्चा कसैसँग पनि गर्नु हुँदैन, गुप्त दान जस्तो पुण्य अर्को कुनै छैन।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया