लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक विदा

लुम्बिनी प्रदेशले माघीकाे अवसरमा दुई दिन सार्वजनिक विदा दिने भएकाे छ। थारू समुदायकाे मुख्य पर्वकाे रूपमा रहेकाे माघीकाे अवसरमा प्रदेश सरकारले माघ १ र  २ गते विदा दिने भएकाे हाे। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशभर दुई दिन विदा दिने जानकारी दिएकाे छ। 

मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले प्रदेश मन्त्रीपरिषद्काे २०७७ बैशाख १ गतेकाे निर्णय अनुसार प्रदेशभर विदा दिने निर्णय गरिएकाे उनले बताए। 

उक्त निर्णय २०७७ बैशाख १७ गतेकाे प्रदेश राजपत्रमा प्रकाशन गरिसकेकाे छ। उनका अनुसार साेही निर्णय बमोजिम माघी माघे संक्रान्ति पर्वकाे अवसरमा प्रदेशभरमा माघ १ र २ गते विदा दिने भएकाे हाे।

प्रकाशित मिति: : 2021-01-12 17:16:00

प्रतिकृया दिनुहोस्